विचार, अनुभव तथा उपयोगी जानकारी

मेरो ब्लग

iEMIS, ICT, शिक्षा, डिजिटल प्रविधि, वेबसाइट निर्माण तथा दैनिक जीवनसँग सम्बन्धित मेरा लेख, अनुभव र उपयोगी जानकारीहरू।

नवीनतम लेखहरू

लेखको पूरा सामग्री पढ्न “पूरा पढ्नुहोस्” बटन प्रयोग गर्नुहोस्।

शिक्षा तथा कार्यविधि

कार्यक्रम कार्यान्वयन कार्यविधि २०८३/८४ प्रकाशित

नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र (CEHRD) ले कार्यक्रम कार्यान्वयन कार्यविधि २०८३/८४ प्रकाशित गरेको छ।

चालु आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन गरिएको बजेट कार्यान्वयनको मुख्य मार्गदर्शनका रूपमा रहने यस कार्यक्रम कार्यान्वयन कार्यविधिकै आधारमा स्थानीय तह तथा विद्यालयहरूले आर्थिक गतिविधि अगाडि बढाउने गर्दछन्।

यससम्बन्धी दस्तावेज डाउनलोड पृष्ठबाट हेर्न वा डाउनलोड गर्न सकिन्छ।

उपयोगी डाउनलोड पृष्ठ खोल्नुहोस् →

वेबसाइट तथा प्रविधि

आफ्नै वेबसाइट बनाउन चाहनुहुन्छ?

यहाँ शून्य स्तरबाट आफ्नै वेबसाइट बनाउने चारवटा व्यावहारिक चरण दिइएका छन्।

१. निःशुल्क डोमेन दर्ता गर्नुहोस्

सबैभन्दा पहिले आफ्नो वेबसाइटको नाम (जस्तै: yourname.com.np) लिनुपर्छ। नेपालमा योग्य व्यक्ति तथा संस्थाहरूले .com.np डोमेन निःशुल्क दर्ता गर्न सक्छन्।

First, choose and register a suitable domain name for your website. Eligible individuals and organizations in Nepal can register a .com.np domain free of charge.

२. वेबसाइटको डिजाइन तयार गर्नुहोस्

डिजाइन बनाउन प्रोग्रामिङ जान्न आवश्यक छैन। Canva, Figma, Framer वा Penpot जस्ता उपकरण प्रयोग गरेर वेबसाइटको प्रारम्भिक रूप तयार गर्न सकिन्छ।

You do not need to know programming to design a website. Tools such as Canva, Figma, Framer and Penpot can help you create the layout.

३. AI को सहयोगमा वेबसाइटको code बनाउनुहोस्

तयार भएको डिजाइनलाई ChatGPT, Claude वा Gemini जस्ता AI प्रणालीको सहयोगमा HTML, CSS र JavaScript code मा रूपान्तरण गर्न सकिन्छ।

AI tools can help convert your design into HTML, CSS and JavaScript code.

४. वेबसाइटलाई इन्टरनेटमा प्रकाशित गर्नुहोस्

वेबसाइटलाई अनलाइन उपलब्ध गराउन Hosting आवश्यक हुन्छ। केही सेवा निःशुल्क हुन्छन् भने नेपालमा कम लागतमा paid hosting पनि उपलब्ध छ।

Web hosting is required to publish your website online. Both free and affordable paid options are available.

बोनस: वेबसाइट नियमित रूपमा अद्यावधिक गर्नुहोस्

वेबसाइट बनाउनु मात्र पर्याप्त हुँदैन। आफ्नो परिचय, उपलब्धि, फोटो, सम्पर्क विवरण र सामग्री समय–समयमा अद्यावधिक गरिरहनुहोस्।

उपयोगी जानकारी

के तपाईंको ड्राइभिङ लाइसेन्स छपाइ भयो?

तपाईंको सवारीचालक अनुमतिपत्र छपाइ भयो कि वितरणका लागि कार्यालयमा तयार भयो भन्ने कसरी यकिन गर्ने?

नागरिक एप वा SMS मा “Printed” देखिए तापनि आवेदन दिएको यातायात व्यवस्था कार्यालयको अनलाइन अभिलेखमा नाम नदेखिएसम्म कार्ड लिन कार्यालय नजानु राम्रो हुन्छ।

कार्यालयको प्रणालीमा विवरण प्रविष्ट भएपछि मात्र कार्ड सम्बन्धित शाखामा आइपुगेको सुनिश्चित हुन्छ।

आफ्नो लाइसेन्स नम्बर प्रयोग गरी सम्बन्धित कार्यालयको आधिकारिक Search Tool बाट स्थिति जाँच गर्नुहोस्।

सम्बन्धित कार्यालयको वेबसाइट खोल्नुहोस् →

नयाँ लेखहरू तयारीमा छन् iEMIS, ICT, शिक्षा तथा डिजिटल प्रविधिसम्बन्धी थप उपयोगी लेखहरू क्रमशः प्रकाशित गरिनेछन्।

अन्य उपयोगी सामग्री

📘 iEMIS मार्गदर्शन 🎥 भिडियोहरू 📥 उपयोगी डाउनलोड ✉ सम्पर्क गर्नुहोस्