नेपालका शिक्षकका लागि जिम्मेवार AI प्रयोग

AI for Teachers

AI लाई कसरी शिक्षण सिकाइ क्रियाकलाप, पाठ योजना, प्रश्नपत्र, Worksheet, Feedback, Presentation तथा विद्यालयका दैनिक काममा सुरक्षित, जिम्मेवार र प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ भन्ने बारेमा सरल रुपमा नेपाली भाषामा तयार पारिएको लेख

मुख्य AI विषयहरू

शिक्षकले AI प्रयोग गर्दा उपकरणको नाम मात्र जान्नु पर्याप्त हुँदैन । स्पष्ट Prompt लेख्ने, उत्तर जाँच्ने, गोपनीयता जोगाउने र आफ्नो कक्षाअनुसार सामग्री सुधार्ने सीप पनि आवश्यक हुन्छ ।

🤖 AI को आधारभूत परिचय

यस खण्डमा तपाईँले AI के हो, यसले शिक्षकलाई कहाँ सहयोग गर्न सक्छ र यसको सीमा के हो भन्ने बारेमा आधारभूत जानकारी प्राप्त गर्न सक्नुहुन्छ।

भाग १ प्रकाशित भइसकेको छ ।

✍️ Prompt लेखन

यस खण्डमा तपाईँले कक्षा, विषय, उद्देश्य, स्तर र Output Format स्पष्ट गरी कसरी उपयोगी Prompt लेख्ने भन्ने बारेमा व्यावहारिक तरिका सिक्नुहुनेछ।

भाग २ प्रकाशित भइसकेको छ ।

📘 Lesson Plan

यस खण्डमा तपाईँले AI बाट कसरी पाठ योजनाको प्रारम्भिक मस्यौदा तयार गर्ने र त्यसलाई कक्षाको वास्तविक अवस्थाअनुसार सुधार गर्ने भन्ने बारेमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

विस्तृत मार्गदर्शन तयारीमा छ।

📝 प्रश्नपत्र तथा Worksheet

विभिन्न प्रकारका प्रश्न, Answer Key, Worksheet र अभ्यास सामग्री तयार गर्ने तरिका।

विस्तृत मार्गदर्शन तयारीमा छ।

💬 Feedback तथा Rubric

विद्यार्थीको कामका लागि सकारात्मक, स्पष्ट र सुधारमुखी Feedback तथा Rubric तयार गर्ने।

विस्तृत मार्गदर्शन तयारीमा छ।

🔒 गोपनीयता तथा जिम्मेवार प्रयोग

विद्यार्थीको व्यक्तिगत विवरण सुरक्षित राख्ने, AI को उत्तर जाँच्ने र अन्तिम निर्णय शिक्षकले गर्ने।

आधारभूत विषय भाग १ मा समेटिएको छ।

📚 AI ज्ञान पुस्तकालय

शिक्षकका लागि तयार गरिएका AI सम्बन्धी नेपाली मार्गदर्शनहरू यहाँ क्रमशः प्रकाशित गरिनेछन्। प्रकाशित शीर्षकमा क्लिक गरेर विस्तृत सामग्री पढ्नुहोस्।

🤖 AI के हो र शिक्षकले किन प्रयोग गर्ने? भाग १ प्रकाशित ✍️ AI लाई राम्रो Prompt कसरी दिने? भाग २ प्रकाशित 📘 AI बाट Lesson Plan तयार गर्ने भाग ३ तयारीमा 📝 AI बाट प्रश्नपत्र तथा Worksheet बनाउने छिट्टै आउँदैछ 💬 AI बाट Feedback तथा Rubric तयार गर्ने छिट्टै आउँदैछ ✅ AI को उत्तर जाँच्ने र सुधार्ने छिट्टै आउँदैछ

सिकाइ कहाँबाट सुरु गर्ने?

  1. पहिले AI को आधार बुझ्नुहोस्

    AI के हो, के गर्न सक्छ, के गर्न सक्दैन र शिक्षकको भूमिका किन आवश्यक रहन्छ भन्ने बुझ्नुहोस्।

  2. स्पष्ट Prompt लेख्न सिक्नुहोस्

    कक्षा, विषय, उद्देश्य, स्तर र अपेक्षित Output Format सहित स्पष्ट निर्देशन दिनुहोस्।

  3. सानो कामबाट अभ्यास गर्नुहोस्

    पाँच प्रश्न, एउटा Worksheet वा छोटो Lesson Plan को मस्यौदा तयार गरेर सुरु गर्नुहोस्।

  4. उत्तर जाँचेर मात्र प्रयोग गर्नुहोस्

    तथ्य, पाठ्यक्रम, भाषा, विद्यार्थीको स्तर र स्थानीय सन्दर्भअनुसार सामग्री सुधार गर्नुहोस्।

  5. गोपनीयता जोगाउनुहोस्

    विद्यार्थीको नाम, फोन नम्बर, IEMIS ID, Password वा संवेदनशील अभिलेख AI Tool मा नदिनुहोस्।

सम्बन्धित स्रोतहरू

💻 ICT for Teachers 📘 iEMIS Knowledge Hub 📥 उपयोगी डाउनलोड 🎥 भिडियो मार्गदर्शन

महत्त्वपूर्ण सूचना

AI बाट तयार भएको सामग्री सधैँ सही, पूर्ण वा पाठ्यक्रमअनुकूल हुन्छ भन्ने हुँदैन। यसलाई प्रारम्भिक मस्यौदा वा सुझावका रूपमा लिनुहोस्। तथ्य, भाषा, विद्यार्थीको स्तर र स्थानीय सन्दर्भअनुसार जाँचेर सुधार गरेपछि मात्र प्रयोग गर्नुहोस्।