Narayan Khatri
मेरो बारेमा
iEMIS, ICT, शैक्षिक सामग्री विकास, वेबसाइट निर्माण तथा डिजिटल प्रविधिमार्फत शिक्षक र विद्यालयलाई सहयोग गर्ने मेरो यात्रा।
शिक्षक • iEMIS प्रशिक्षक • ICT पेशाकर्मी
नमस्कार! म नारायण खत्री हुँ ।
मेरो स्थायी घर गोरखा जिल्ला, बारपाक सुलीकोट गाउँपालिका–६, ताकुकोट हो ।
म शिक्षा तथा सूचना प्रविधि (ICT) का क्षेत्रमा सक्रिय रूपमा कार्यरत एक सिकारु हुँ । विशेष गरी iEMIS सम्बन्धी प्रशिक्षण, शैक्षिक सामग्री विकास, वेबसाइट निर्माण, डिजिटल प्रविधिको प्रयोग, ग्राफिक डिजाइन तथा सूचना व्यवस्थापनसँग सम्बन्धित कार्यमा मेरो रुचि र अनुभव रहेको छ ।
नयाँ प्रविधि सिक्न, अनुसन्धान गर्न र त्यसलाई व्यवहारमा प्रयोग गरेर शिक्षा तथा समाजमा सकारात्मक योगदान पुर्याउनु मेरो मुख्य उद्देश्य हो ।
मेरो उद्देश्य
ज्ञान, सिर्जनशीलता र प्रविधिको प्रभावकारी प्रयोगमार्फत शिक्षक, विद्यालय तथा शिक्षासँग सम्बन्धित व्यक्तिहरूलाई सरल, भरपर्दो र व्यावहारिक डिजिटल सहयोग उपलब्ध गराउनु मेरो मुख्य उद्देश्य हो।
विशेष रूपमा, iEMIS, CEHRD, ICT तथा शिक्षकका दैनिक डिजिटल कामलाई नेपाली भाषामा सजिलो तरिकाले बुझाउने र उपयोगी स्रोतहरू एउटै ठाउँमा उपलब्ध गराउने प्रयासमा छु।